झापा,फागुन ६ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको संयोजक बनेका छन् ।
आइतवार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले विप्लवलाई मोर्चाको संयोजक चयन गरेको हो । आलोपालो प्रणालीमा विप्लवलाई मोर्चाको संयोजक चयन गरेको जानकारी नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले दिए ।
आलोपालो प्रणालीबमोजिम एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालपछि विप्लव संयोजक भएका हुन् ।
गुरुङले अहिलेसम्म ५८ जिल्लामा मोर्चाको संयोजन समिति गठन भएको जानकारी पनि दिए ।
बैठकले देशका प्रमुख शहरमा जनपरिचालनको कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा र नेपाल कम्युनिस्ट पार्टी छन् ।
चार–चार महिनामा नेतृत्व बदल्ने गरी गत असार ४ गते मोर्चा गठन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्