बिर्तामोड,फागुन ६ । सम्योग सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.भद्रपुर– १०, चन्द्रगढी झापाले दशौँ बार्षिक उत्सवको अवसर पारेर एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

हल्दिवारी ३ लक्ष्मी माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन भएको शिविरमा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो । शिविरबाट ४२७ जना प्रत्यक्ष लाभान्वित भएका छन् । जसमध्ये ३४ जनामा मोतियाबिन्दुको समस्या देखिएकाले ती बिरामीहरूलाई निःशुल्क शल्यक्रियाको लागि मेची आँखा अस्पताल आज नै पठाईएको छ । संस्थाका अध्यक्ष केशरकुमार बानियाँको अध्यक्षता तथा लक्ष्मी माविका प्रधानाध्यापक रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यता भएको कार्यक्रमको अतिथिहरुमा हल्दिवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, मेची आँखा अस्पतालका शिविर संयोजक कबिता कार्की कडरिया र जलथल प्रहरी चौकीका ईञ्चार्ज रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका पूर्व अध्यक्ष बिनोद चौहानले राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव खड्गप्रसाद तिवारीले गरेका थिए ।संस्थाले आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शेयर सदस्यलगायत शेयर सदस्यका ६ जना परिवारका सदस्यहरूलाई भद्रपुरको ओम पाथीभरा अस्पताल र बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा साधारण उपचारमा १० प्रतिशत र शल्यक्रिया गरी उपचार गर्नुपर्ने भएमा १५ प्रतिशत छुटको ब्यवस्था गरी सदस्यहरूलाई अस्पताल छुट कार्ड वितरण गर्दै आएको छ । भद्रपुर–१० चन्द्रगढीमा मुख्य कार्यालय रहेको यस संस्थाको बिर्तामोड, अर्जुनधारा र हल्दिबारीमा सेवाकेन्द्र रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्