भद्रपुर, फागुन ७ । नेपालको प्रतिनिधित्व गर्दै भुटानको थिम्पुमा सम्पन्न दोस्रो भुटान जिताई क्योई जोडो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मानसहित विदाइ गरिएको छ ।


नेपाल जुडो संघ झापाले ३ स्वर्ण र २ रजत पदक विजेता नेपाली खेलाडीलाई काँकरभिट्टास्थित नेपाल भारत प्रवेशद्वारमा सम्मान गरेको हो ।

झापा जिल्ला जुडो संघका प्रमुख प्रशिक्षक गंगाबहादुर खड्काको नेतृत्वमा पूर्व प्रहरी निरीक्षक एवम् मुस्लिम संघ नेपालका केन्द्रीय सदस्य अमिन अली शेखले भुटानबाट भारतीय बाटो हुँदै नेपाल आइपुगेका विजेता खेलाडीलाई सम्मान गरेका थिए ।
सम्मानित हुने खेलाडीहरूमा पुरूष ६० केजी समूहका काशीराम महौत, महिला ५७ केजी समूहकी पेमा याङ्जी शेर्पा, ४४ केजी समूहकी दीपाकुमारी खत्री रहेका छन् भने ५७ केजी समूहकी रजत पदक विजेता बन्दना कुलुङ र ६० केजी समूहका पेम्बा दोर्जे शेर्पा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्