बिर्तामोड, फागुन ७ । अनलाइनमार्फत फर्निचरका सामान खरिद गर्न सकिने सुविधा बिर्तामोडमा पनि शुरु भएको छ ।

काठमाडौं ,बुटवल , इटहरीलगायतका शहरमा अनलाइनमार्फत व्यवसाय गर्दै आएको अनलाइन सोफाले सो सुविधा बिर्तामोडमा शुरु गरेको हो । बिर्तामोड–५ स्थित सिटी सेन्टरको उत्तर पुरानो धर्मकाँटा रोडमा अनलाइन सोफा बिर्तामोड गत माघ १२ गतेदेखि सञ्चालनमा आएको छ । काठमाडौंको बनस्थलीमा मुख्य कार्यालय रहेको अनलाइन सोफाले बिर्तामोडमा शाखा सञ्चालन गरेको पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।

ब्राण्डका रुपमा स्थापित अनलाइन सोफाले पहिलो पटक बिर्तामोडमा शाखा सञ्चालन गरेको बिर्तामोड शाखा प्रमुख खड्क थापाले जानकारी दिए । अनलाइन सोफामा विवाह, घर, अफिसका लागि अर्डर अनुसारका सामग्री साथै रेडिमेड सोफा, दराज, डाइनिङ टेवल, खाटलगायतका फर्निचर सुपथ मूल्यमा उपलब्ध रहेको शाखा प्रमुख थापाले बताए । उनका अनुसार बिर्तामोड शाखाबाट बिर्तामोड आसपास, काँकरभिट्टा, भद्रपुर, सुरुङ्गा, दमकसहित करिव ४० किलोमिटरसम्म निःशुल्क होम डेलिभरीको सेवासमेत उपलब्ध छ । अनलाइन सोफा बिर्तामोडमा तीन हजारदेखि एक लाख १० हजार रुपैयाँसम्मका फर्निचर उपलब्ध रहेको जनाइएको छ । उक्त शाखामा १५ हजारदेखि एक लाख १० हजार रुपैयाँसम्मका भिजिटर सोफा, टुटुवान सोफा, युसेफ कर्नर सोफा साथै कोठाको नाप अनुसारको सोफाहरु ५ बर्षदेखि १५ बर्षसम्मको वारेन्टीका साथ बिक्री गरिदै आएको शाखा प्रमुख थापाले जानकारी दिए । त्यस्तै अनलाइन सोफामा सुज र्याक, किचन र्याक, टिभी र्याकसमेत सुपथ मूल्यमा बिक्री गर्ने गरिएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्