मेचीनगर, फागुन ८ । जंगली हात्तीको आक्रमणबाट मेचीनगर–१२ स्थित पाथिभरा टोलकी एकजना महिला घाइते भएकी छन् ।


मंगलवार दिउँसो साढे १२ बजे कालिका सामुदायिक वनमा हात्तीले ३१ वर्षीया चन्द्रकुमारी आङदेम्वेलाई आक्रमण गरेको हो । पाथिभरा टोल बस्ने ३१ वर्षीया आङदम्बेलगायत ४–५ जना वननजिकै दाउरा खोज्न क्रममा एउटा जंगली हात्तीले आङदम्बेलाई आक्रमण गरी घाईते बनाएको हो ।

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएको छ । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको आङदम्बेको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्