झापा,फागुन ९ । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले सीतापाइलमा एकै परिवारका तीन जनाको हत्या भएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया अनिशा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ हुन् । उनीहरु बस्दै आएको कोठामा मृत फेला परेको र ईश्वरीका श्रीमान् भने फरार रहेको उनले बताए ।

प्रवक्ता रेग्मीले भने, ‘‘मृतक महिलाका श्रीमान् फरार भएकाले हत्या भएको हुन सक्ने देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्