झापा,फागुन ९ । फिदिमको छाब्दीवाराही मन्दिरमा लिम्बू भाषाको कथामा आधारित चलचित्र ‘लोजिमा’ को विशेष प्रदर्शन गरिएको छ । लिम्बू परिवेशको कथा रहेको सो चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो । लिम्बू युवकयुवतीको मायापिरतीको कथा रहेको चलचित्रको माध्यमबाट लोपोन्मुख लिम्बू भाषा र लिपिको प्रवर्धन हुने विश्वास गरिएको छ । चलचित्रको संवाद अधिकांश लिम्बू भाषामा रहेको छ ।

पाथीभरा च्यानलको ब्यानरमा सागर केरुङको कथा तथा आशाहाङ आङ्बोको लगानीमा रवीन्द्र बरालले ‘लोजिमा’ छायाङ्कन गरेका हुन् । यस चलचित्रको कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहायक निर्देशक दीपक अधिकारी, नृत्य निर्देशक सुषमा योञ्जन र शृङ्गारकर्मी नरेश खरेल हुन् । ‘लोजिमा’ आशाहाङ आङ्बो, विमला खजुम, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिवाङलगायतको अभिनय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्