बिर्तामोड , फागुन ९ । साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले पूर्णता पाएको छ ।

मंगलवार बसेको प्रतिष्ठानको बैठकले कार्यसमितिलाई पूर्णता दिएको हो । प्रतिष्ठानको ७ सदस्यीय कार्यसमितिलाई ११ सदस्यीय बनाइएको सल्लाहकार जनक खड्काले बताए । जसमा अध्यक्ष भगवती ढुंगेल,बरिष्ठ उपाध्यक्ष दुर्गा सिग्देल,उपाध्यक्ष ईन्द्र कटुवाल,सचिव तुलसीप्रसाद भट्टराई,सहसचिव मुना प्रसाई,कोषाध्यक्ष लोकबहादुर सुवेदी, साहित्य संयोजक लखन राजवंशी,कला संयोजक युवराज रिजाल,संगीत संयोजक दिपक रायमाझी तथा सदस्यमा सारिका अग्रवाल र रेवता देवी भट्टराईलाई चयन गरिएको छ ।

यसैगरी संस्थापक सल्लाहकारमा गोपालकुमार बस्नेत ,डा. ठाकुरप्रसाद पोखरेल,डा. गोपिकृष्ण खतिवडा रहेका छन् । भगवती ढुंगेलको अध्यक्षतामा बसेको बैठकको बिशेष अतिथिमा बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला र मेची क्याम्पस प्राध्यापक डा. गोपिकृष्ण खतिवडा रहेका थिए ।

यसैगरी आमन्त्रित सहभागीहरुमा दिलकुमारी थपलिया, मुना उप्रेती,सबिता भट्टराई,तुलसी निरौला,पार्वती सुन्दास,ममता देउजाको सहभागिता रहेको थियो । २०७७ चैत १७ गते बिधिवत रुपमा दर्ता भएको यस प्रतिष्ठानको उद्घाटन २०७८ सालको बडादशैंको अवसर पारेर तत्कालीन नगर प्रमुख ध्रुबकुमार सिवाकोटी, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सुभद्रा भट्टराईलगायत बिर्तामोडका करिव २५ वटा संस्थाका अध्यक्षहरुको सहभागिता र सहयोगमा भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्