झापा,फागुन ९ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड ५ का अन्दाजी २० वर्षीय राज राजवंशी रहेका छन् । आज दिउँसो १ः४५ बजेको समयमा बिर्तामोड नगरपलिका वडा नं. ५ भद्रपुर रोडमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा राजवंशीलाई खानतलासी गर्दा उनले लगाएको पेन्टको दाहिने गोजीमा खुकुरी चुरोटको खोलभित्र १ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्