बिर्तामोड, फागुन ९ । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायिक प्यानलबाट उद्योग सचिव पदमा उम्मेद्वारी दिएका बलबहादुर लिम्बु (बिशन) ले बिर्तामोडमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।


सुरक्षित तवरले रातको समयमा ब्यापार गर्न सकिने वातावरण सिर्जना गर्न पहल गर्ने उनले बताएका हुन् ।
चुनावी प्रचारका क्रममा उनले अहिले बिर्तामोड बजार साँझ ६–७ बजे नै बन्द हुने अवस्था रहेकाले त्यसको समयावधि बढाउन आवश्यक रहेको बताए । जसले गर्दा व्यवसायीहरुलाई केही राहत पुग्ने उनको भनाई छ ।

उनले आफूले जितेको खण्डमा अब्यवस्थित रुपमा रहेको बजार क्षेत्रलाई स्थानीय तहसहित सरोकारवालासँग समन्वय तथा सहकार्य गरी सुरक्षित रुपमा रात्रिकालीन ब्यवसाय गर्ने वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै ब्यापारीहरुका थुप्रै गुनासा र समस्या आउने गरेको बताउँदै उनले ब्यापारीका गुनासो र समस्या समाधान गर्न छुट्टै ब्यवस्थापन समिति निर्माण गर्न संघमा पहल गर्ने बताएका छन् ।
त्यस्तै उम्मेद्वार बिशनले ब्यापार तथा ब्यवसायबाट उत्पादित प्लाष्टिकजन्य फोहोर ब्यवस्थापनमा समेत समन्वयकारी भूमिका खेल्ने बताए ।

ब्यवसायीलाई करको बिषयमा जानकारी दिन अन्तरक्रिया तथा छलफल निरन्तर रुपमा गर्दै त्यसका लागि आवाज उठाउनेसमेत बताए ।
१२ बर्षदेखि बिर्तामोडस्थित बस्नेत मार्केटमा मोर्डन फेशन वेयर कपडा पसल सञ्चालन गर्दै आएका उनी निर्माण ब्यवसायी समेत हुन् ।

उनी गजुरमुखी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक हुन् । नगर खेलकुद विकास समितिको सचिव, पाथिभरा टोल समाजका अध्यक्ष, झापा गोल्डकपका सदस्य लगायतका अन्य बिभिन्न सामाजिक क्षेत्रमा समेत उनी क्रियाशील छन् । बिर्तामोड–१ शान्तिटोल निवासी बिशनले अबका दिनमा हरेक संघ–संस्थामा युवाहरुको आवश्यकता रहेको बताउँदै उनले स्वतन्त्र ब्यवसायिक प्यानलका सबै उम्मेद्वारलाई जिताउन अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्