झापा , फागुन १० । झापाको दमकमा ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।

आज दिउँसो ४ः३० बजेको समयमा दमक वडा नं. ६ दमक पश्चिम जेसीस चोकबाट पशुहाट बजारतर्फ पैदल जाँदै गरेका गौरीगंज ३ रिमाल टोल बस्ने १९ वर्षीय गगन ऋषिदेवलाई बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनले बोकेको कालो झोलासहित खानतलासी गरेको थियो । त्यसक्रममा झोलाभित्र सेतो प्लाष्टिकमा सिल गरेको अबस्थामा पानीले भिजेको जस्तो प्लाष्टिकसहित १०२ ग्राम २६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्रारम्भिक सोधपुछका क्रममा उक्त लागूऔषधमा सोही ठाउँ बस्ने २७ वर्षीय रविन पासवानसमेत संलग्न रहेको र उनी बसपार्कतर्फ रहेको बताएपछि खोजतलास गर्ने क्रममा दमक ६ थाना लाईनमा रहेको चिया पसलमा बसिरहेको अबस्थामा पासवानलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । उनले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धानको लागि ईप्रका दमकमा राखिएको जानकारी दिए ।

त्यस्तै आज साँझ ५ः१५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ४ आदर्श पार्टी प्यालेस अगाडी शंकास्पद अवस्थामा हिडडुल गरिरहेका बिर्तामोड नगरपालिका ५ घर बताउने अन्दाजी १९ वर्षीय निराज मण्डल र बिर्तामोड नगरपलिका वडा नं. ६ घर बताउने अन्दाजी १९ वर्षीय राहुल चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्