झापा, फागुन १२ । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको स्वास्थ्यकर्मी सवार बस शिवसताक्षीको माइधारमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । कमल, दमक र उर्लावारीअन्तर्गत रहेका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस शिवसताक्षी १० किरात चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । बस पल्टिएर राजमार्गदेखि तल खसेको थियो ।

घाइते हुनेहरुमा उर्लावारी ६ बस्ने ४६ वर्षीय ताराप्रसाद अधिकारी,उनकी श्रीमती ४३ वर्षीया उमा खनाल , वडा नं ५ बस्ने ५५ वर्षीय बहादुर चौधरी , उनकी श्रीमती ५३ वर्षीया पबित्रा लामिछाने , वडा नं ४ बस्ने ३६ वर्षीया बन्दना प्रसाई , २५ वर्षीय महेश नाथ ,वडा नं ६ बस्ने ३० वर्षीया कल्पना कँडेल रहेका छन् । दुर्घटनापछि बसचालक उर्लावारी ५ बस्ने ४१ वर्षीय चन्द्रकुमार फुयाल ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्