दमक,फागुन १२ । झापाको कमल गाउँपालिका ५ मंगलवारेमा आयोजित प्रथम कमल गाउँपालिकास्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि कमल ५ कै घनेन्द्र दाहाल र सुदिप थुलुङको जोडीले जितेको छ ।

स्थानीय सगुन युवा क्लवको खेलमैदानमा शनिवार सञ्चालित एक दिवसीय सो प्रतियोगितामा बिजेता जोडीले कमल ४ का याम लिम्बू र यासु लिम्बू बाबुछोराको जोडीलाई सोझो सेटमा हराएको थियो ।

उपाधिसंगै बिजेता जोडीले नगद १५ हजार, ट्रफी तथा प्रमाणपत्र पाए भने उपविजेता बनेको बाबुछोराको टिमले भने रु १० हजारसहित ट्रफी तथा प्रमाणपत्रमा चित्त बुझाउनु परेको थियो ।

प्रतियोगिताका बिजेता,उपबिजेता टिमलाई पालिका अध्यक्ष हुकुमसिंह राई ,पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र प्रदान गदैं अध्यक्ष राईले स्वस्थ समाज निर्माणमा खेलकुदको योगदान महत्वपूर्ण रहने उल्लेख गरे ।

कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सन्त मगरको अध्यक्षतामा भएको व्याडमिन्टन प्रतियोगितामा कमलका १६ जोडीको सहभागिता रहेको खेल संयोजक तेजु आङदेम्बेले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्