झापा , फागुन १३ । पेन्टीभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुईजना युवा झापाको मेचीनगरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २४ वर्षीय थाम बहादुर बि.क.र सोही ठाउँका २४ वर्षीय अर्जुन बि.क रहेका छन् ।

हिजो साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका थामबहादुर बि.क.लाई शंका लागेर तलासी लिँदा पेन्टीभित्र अगाडीको भागमा च्यापी लुकाई छिपाई राखेको ८ ग्राम ब्राउनसुगर फेला परेको थियो । उक्त लागूऔषध ल्याउने कार्यमा अर्जुन बि.क. समेत संलग्न देखिएपछि दुवैजनालाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्