बिर्तामोड, फागुन १३ । पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट बिर्तामोड उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले आफूलाई कांग्रेस समर्थकहरुले समेत सहयोग गर्ने दावी गरेका छन् ।

गत निर्वाचनमा मैनालीले उम्मेदवारी दिएको संयुक्त प्यानलका केहीबाहेक अरु सबै उम्मेदवारले निर्वाचन हार्दा उनले महासचिवमा विजय हासिल गरेका छन् । त्यस निर्वाचनमा मैनालीलाई कांग्रेस समर्थक व्यवसायीहरुले पनि सघाएको दावी गरिएको थियो । यस पटक पनि आफूलाई कांग्रेससहित सबै दलहरुले सहयोग गर्ने उनले बताए ।

निर्वाचनको अघिल्लो दिन पत्रकारहरुसंग कुराकानी गर्दै उम्मेदवार मैनालीले आफू कुनै विशेष दलको उम्मेदवार नभई स्वतन्त्र प्यानलका तर्फबाट उम्मेदवारी दिएकाले सबैले मतदान गरेर सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आफ्ना प्रतिष्पर्धीलाई कमजोर आँकेका छन् ।‘ मेरो प्रतिष्पर्धीको कमजोरी बुझेको छु , विगतका गतिविधि मलाई थाहा छ’ उनले भने,‘त्यसैले मलाई चुनाव जित्न गाह्रो छैन । ’ आफ्ना प्रतिष्पर्धी लोकतान्त्रिक व्यावसायिक प्यानलका उम्मेदवार गैरव्यवसायी भएको उनको आरोप छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्