झापा,फागुन १३ । आइतबारदेखि देशव्यापी रुपमा सुरु भएको दादुरा–रुबेला राष्ट्रिय खोप अभियान ताप्लेजुङमा आउँदो शुक्रबारदेखि सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार फागुन १८ गते शुक्रबारदेखि जिल्लामा दुई चरणमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको हो ।

स्वास्थ्य कार्यालयले आइतबार सदरमुकाम फुङ्लिङमा जिल्लास्तरीय दादुरा–रुबेला खोप अभियान तयारी तथा नियमित खोप सुदृढीकरणबारे अभिमुखीकरण आयोजना गरी खोप कार्यक्रमबारे जानकारी गराएको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख युगराज घिमिरेले नौवटा स्थानीय तह रहेको जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा फागुन १८ देखि २२ गतेसम्म सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । त्यस्तै दोस्रो चरणमा फागुन २४ देखि २८ गतेसम्म आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाका दादुरा–रुबेला खोप अभियान सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्