झापा , फागुन १३ । झापाको बिर्तामोडमा एक व्यक्ति सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

आज साँझ ५ बजेको समयमा अर्जुनधारा ५ बस्ने ४१ वर्षीय लबलाल राजवंशी मृत फेला परेका हुन् ।बिर्तामोड २ साङ्गवेद टोलमा आफ्नै काका मलिकलाल राजवंशीको घर निर्माणमा सहयोग गर्नको लागि आएकोमा खाना खाई दिउँसो १२ः३० बजेतिर सुतेकोमा लबलाल साँझ ५ बजेसम्म पनि नउठेपछि आफन्तले हेर्दा सुतिरहेको स्थानमा मृत अबस्थामा फेला परेका थिए ।

ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्