झापा, फागुन १३ । झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

हिजो साँझ ७.५० बजेको समयमा अर्जुनधारा ९ चियाबगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र.१–०१–०१५ प ९८१७ न.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कालीस्थान बस्ने ५५ वर्षीय खेम बराल घाइते भएका थिए ।

अनुहारमा चोट लागेर घाईते भई शनिश्चरेस्थित शंकर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि उनलाई बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । उपचारको क्रममा आज दिउँसो ३.५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्