भद्रपुर ,फागुन १३ । झापाका पुराना सञ्चारकर्मी योग्यराज नेउपानेको निधन भएको छ ।

भद्रपुर – १० चन्द्रगढीको धनुषमोड निवासी नेउपाने केही वर्षदेखि परिवारका साथ राजधानीमा बस्दै आएका थिए । नेउपानेको आइतबार बिहान काठमाडौंमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनी ७५ वर्षका थिए ।झापामा चालीसको दशक अघिबाटै ‘ विवेचना’ साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले आफ्नै सम्पादनमा ‘ जनध्वनि’ साप्ताहिक प्रकाशन गरेका थिए । उनी झापा भद्रपुर–चन्द्रगढीबाट प्रकाशित ‘झापा एक्सप्रेस’ दैनिकसँग पनि आवद्ध थिए । उनका धर्मपत्नी पुण्यकुमारी न्यौपाने, छोरा बुहारीहरु अच्युत राज (तानसेन) +भारती न्यौपाने, दिब्यराज +मिरा न्यौपाने तथा तीन छोरीहरू रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्