झापा, फागुन १४ । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल छ भने अर्कातिर नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको छ । अध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलबाट राजु न्यौपाने र स्वतन्त्र प्यानलबाट अर्जुनकुमार मैनालीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । न्यौपाने वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष र मैनाली महासचिव हुन् । दुवैले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । वाणिज्य संघमा ५ हजार ६ सय ७३ रहेका छन् । मतदान अहिले बिहान ८ बजेदेखि अतिथि सदनमा शुरु हुँदैछ । साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्