झापा , फागुन १४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जोडी पक्राउ परेका छन् ।

दुई युवा र दुई युवती मेची पुलमा पक्राउ परेका हुन् । हिजो साँझ ७ बजेको समयमा मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक २ सुनखरी बस्ने बर्ष ३३ का प्रविन तामाङ र सोही ठाउँ बस्ने बर्ष ४५ की कमला तामाङलाई गोप्य सूचनाको आधारमा चेकजाँच गरेको थियो । त्यसक्रममा शरीर तलासी लिँदा उनीहरुले लगाएको कपडामा लुकाई छिपाई ल्याउँदै गरेको ९ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै गएराति ८ः४५ बजेको समयमा मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प.१०३८ नम्वरको मोटरसाइकललाई चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ ९ बस्ने बर्ष २८ का डिकबहादुर कार्की र मोटरसाइकल पछाडि सवार मोरङ मधुमल्ला तोरीवारी बस्ने बर्ष २२ की नाईरा भन्ने कोशिस तामाङलाई तलासी लिँदा ती युवतीले लगाएको कपडाभित्रको भागमा लुकाई छिपाई राखेको ११ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । चारै जनालाई ईप्रका काँकरभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्