काँकरभिट्टा, फागुन १४ । मेचीनगर अनलाइन डटकम सोमवारदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/02/logo.png)
मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रसारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको एक वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ ।
गत वर्ष फागुन १४ गते धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले शुभारम्भ गरेका थिए ।
खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचिलाई ध्यानमा राखि सञ्चालन गरिएको मेचीनगर अनलाइनमा छोटो समयमा धेरै पाठकहरुमाझ जोडिन सफल भएको अनलाइनका सम्पादक एवम् सञ्चालक अर्जुन कार्कीले बताए ।