झापा, फागुन १४ । भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।

सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको छिमेकीसमेत रहेका संगीतकार हरि लम्सालले बताए ।

अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको लम्सालले जानकारी दिए । उनले भने, ‘दसैंताका बुवा घरमै लड्नु भएको थियो । त्यसपछि उहाँ आराम गरिरहनु भएको थियो । उहाँको स्वास्थ्यमा सुधारसमेत भइरहेको थियो । तर सोमबार एक्कासि अक्सिजन लेभल घटेपछि उहाँलाई म र स्वरूप दाई मिलेर मेडिसिटी अस्पताल लैजाँदै थियौँ । त्यही क्रममा उहाँको निधन भएको हो ।’ समयमै अस्पताल पु¥याए पनि चिकित्सकले ‘ब्रट डेड’ घोषणा गरेको लम्सालले बताए ।

०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् । आचार्यको पार्थिव शरीर सोमवार अस्पतालमै राखिने र मंगलबार श्रद्धाञ्जली कार्यक्रम गरिने लम्सालले बताए । आचार्यका श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्