झापा, फागुन १५ । झापाको बाह्रदशी गाउँपालिका ६ मिलनचौकमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मंगलवार दिउँसो २ बजेको समयमा स्थानीय २८ बर्षिय बुद्धराज लिम्बूको आफ्नो घरबाट ५०० मिटरनजिकै रहेको खेतमा जमेको खाल्डोको पानीमा मेनलाईनबाट करेन्ट लगाएर माछा मार्नेक्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

घाईते बनेका लिम्बूलाई उपचारका लागि लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीेले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्