झापा, फागुन १६ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा एकजना पक्राउ परेका छन् ।

आज साँझ ६ बजेको समयमा बिर्तामोड ६ बुट्टाबारीको स्टाफ चौकमा भद्रपुर ५ घर भई हाल अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने २५ वर्षीय सुरज विश्वकर्मा शंकास्पद तवरले हिडडुल गरिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनको दाहिने हातमा खुकुरी चुरोटको खोल फेला परेको र सो खोलभित्र २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई ब्राउनसुगर , नगद, सिम र मोवाईलसहित पक्राउ गरी इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्