झापा,फागुन १७ । मेचीनगरस्थित काँकडभिट्टाबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूलाई खैरो हिरोइनजस्तो देखिने पदार्थसहित काँकडभिट्टाको दार्जिलिङ होटेलअगाडि पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा १० कालिस्थान घर भई मेचीनगरस्थित सुनगाभा टोलमा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, २२ वर्षीय पूजन तामाङ र काठमाडौँ १६ ढुंगेअड्डा बस्ने ३० वर्षीय ईश्वर आधिकारीलाई पक्राउ गरेको छ । प्रहरीले पूजनको साथबाट ४७ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्