एजेन्सी । बंगलादेशको ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा उनीहरुलाई मृत घोषणा गरिएको बंगलादेशका स्वास्थ्य मन्त्रीले बताएका छन् ।
सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो । पछि भवनभरि नै आगो फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल पसलहरू पनि रहेका छन् । आगलागी नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्