झापा,फागुन १८ । वैदेशिक रोजगारका क्रममा इराकमा मृत्यु भएका ४४ वर्षीय रत्नबहादुर घिमिरेको शव नेपाल ल्याइदिन परिवारले स्थानीय सरकारसँग अनुरोध गरेका छन् ।
यही फागुन १३ गते इराकको होटलमा काम गर्दागर्दै घिमिरेको मृत्यु भएको समाचार एनआरएन इराकलाई उल्लेख गर्दै समाचार प्रकाशित भएको थियो ।
यतिबेला मोरङको मिक्लाजुङ –३ धोबेनीका आफन्त रतनबहादुरको शव कसरी नेपाल ल्याउने भन्नेमा चिन्तित छन् । उनीहरुले शव नेपाल ल्याउनका लागि स्थानीय सरकारसँग आग्रह गरेका छन् ।
घिमिरे परिवार यतिबेला शव नेपालसम्म ल्याउने व्यवस्थाको चाँजोपाँजो मिलाउन लागेका छन् ।
इराकमा नेपाली दूतावास नभएकाले शव झिकाउन समस्या भएको मृतकका भतिज रमेश घिमिरेले बताए । घिमिरे वैदेशिक रोजगारीका सिलसिलामा सन् २०१५ मा इराक गएका थिए । घिमिरे साउदी अरबबाट कुबेत हुँदै इराक पुगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्