झापा,फागुन १८ । झापाको दमक नगरपालिकाको नगरभित्रका सबै १० वटा वडामा लक्षित गरी नगरको सौन्दर्यकरण तथा हरियाली प्रवर्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेभएको छ ।

यसभन्दा अघि शहरी क्षेत्रका सडकमा हरियालीसहितको सौन्दर्यकरण कार्यक्रम प्रभावकारी बनेको थियो । नगरपालिकाले बिभिन्न संघ संस्था तथा टोल विकास संस्थासंगको साझेदारी कार्यक्रम सञ्चालन गर्न आबश्यक प्रक्रिया अघि बढाइएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए ।

नगरको सौन्दर्यकरणका लागि आवश्यक योजना बनाएर अघि बढ्ने तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार सम्पन्न भएको दमक नगरपालिकाको १४ औं नगरसभाले प्रारम्भिक चरणमा २० लाख बजेट बिनियोजनसहित कार्यक्रम पास गरेको उनले बताए ।

यसका साथै सामुदायिक बिद्यालयमा हरियाली प्रवर्धन कार्यक्रम गर्न बृक्षरोपण तथा फुलवारी निर्माणको काम पनि अघि बढाइएको कार्कीले जानकारी दिए । नगरभित्रका सबै सामुदायिक बिद्यालयमा अनिवार्य फुलवारी बनाउने अभियान चलाइएको छ ।

बिगतदेखि नै सुरु भएको शहर बजारको सौन्दर्यकरणका लागि फूल रोप्न गमला खरिद र हरियाली प्रवर्धनका लागि साना तथा ठूला जातका बिरुवा खरिदको प्रक्रिया पनि अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आफ्नो प्रमुख नाराको रुपमा नै हरित नगरलाई समावेश गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्