झापा, फागुन १८ । झापाको मेचीनगर ७ गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

झडपका क्रममा आधा दर्जन घाइते भएका छन् । झडपमा ६ जना स्थानीय र एकजना सशस्त्र प्रहरी घाइते भएको जनाइएको छ । घाइते हुने स्थानीयमा दिपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाँई, दिपक बातर र अनाह यादव रहेका छन् । घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पतालमा ल्याइएको छ ।

भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । हाल ६ जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आएपनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए । सशस्त्रका ड्राइभर र कोटमास्टरले स्थानीयमाथि खुकुरी प्रहार गरेको बताइएको छ । स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्