लवकुमार चौधरी,
विश्वको सबैभन्दा लोकप्रिय खेलमा फुटबल पर्दछ । फुटबल भनेको सबैले बुझ्ने, प्रायजसोले हेर्ने तथा खेल्ने खेल हो । त्यसैले होला फुटबलमा अरू खेलभन्दा बढी दर्शक हुने गरेका छन् । यतिबेला झापा गोल्डकपको चर्चा चोक– चोकमा, टोल–टोलमा तथा चिया पसलहरूमा चलिरहेको छ ।झापा गोल्डकप छैटौ संस्करणसम्म आईपुग्दा धेरै आरोह –अवरोह पार गरिसकेको छ । मलाई आजसम्म ज्ञात छ कि संस्थापक अध्यक्ष जलकुमार गुरूङ दाईले भन्नु भएको कुरा– ‘झापा ११ को फुटबल सफल बनाउनु पर्छ भाई ।’ हो , दाईले भन्नु भएको त्यही झापा ११ फुटबल हुँदै झापा गोल्डकप भएको हो ।

डोमालाल राजवंशी रंगशालाको अवस्था निकै फेरिएको छ । संस्थापक अध्यक्ष जलकुमार गुरूङ, होम पाण्डे, महेन्द्रकुमार गिरी, बिनोद बस्नेतलगायतको यसमा ठूलो देन छ । छैटौ संस्करणसम्म आईपुग्दा झन्झन् नयाँपन, अब्बल र उत्कृष्ट हँुदै गइरहेको महसुस भएको छ । यसको कारण हो– अथक मेहनत, टिमवर्क, झापा गोल्डकपप्रति विश्वास, लोकप्रिय हँुदै जानु, सबैलाई समेटेर लैजानु, युवाहरूमा भाईचारा, सदभाव बढदै जानु हो ।सर्वसाधारण,समाजका युवाहरूलाई समेटेर लैजानु, खेलप्रेमी,समाजसेवी, सामाजिक अभियन्ता,उद्योगपति, व्यापारी ,बुिद्धजीवी, संघ संस्था, अन्तर्राष्ट्रिय झापाली समाज,राजनीतिक दल, सरोकारवाला, स्थानीय निकाय, पत्रकार सबैलाई समन्वय गरी वर्तमान अध्यक्ष बिनोद बस्नेत तथा उहाँको टीमको भूमिकाले गर्दा छैटौ झापा गोल्डकपले सफलता चुम्न लागेको हो ।

आज फागुन १९ गते उद्घाटनको दिन खेलसंगै बिशेष सांगीतिक प्रस्तुती हुने भएको छ । अस्मिता अधिकारी र महेश काफ्लेले प्रस्तुती दिने हुनु भएको छ ।सम्मानीय सभामुख तथा झापा क्षेत्र नं २ का संघीय सांसद देवराज घिमिरेको प्रमुख आतिथ्यमा भव्यताका साथ प्रतियोगिता उद्घाटन हुँदैछ ।डोमालाल राजवंशी रंगशालामा दशौ हजार दर्शकमाझ हुने आजको खेलबाट झापाबासी गौरवान्वित हुने छन् । फुटबलको माध्यमबाट कुलतमा फस्दै गइरहेका युवाहरूलाई लागूपदार्थ दुव्र्यसनी हुनबाट जोगाउन सकिन्छ । हुन त, फुटबल खेल ९० मिनेटको हुन्छ तर, मेहनत र समय अधिक लाग्छ ।त्यसैले कुलतमा फस्ने समय कम हुन्छ । हाल फुटबलबाट नाम, दाम, काम सबै कमिने भएकाले फुटबलबाट जिविका चलाउन सकिन्छ । झापामा १५ वटा नगरपालिका र गाउँपालिका छन् । प्रायः सबै पालिकाबीच अन्तरपालिका फुटबल भईरहेको छ । भद्रपुर गोल्डकप, झापा गोल्डकप आदि प्रतियोगिताहरू भईरहेका छन् । झापा भनेको फुटबलको उर्वरभूमि रहेको छ । हरि खड्का, प्रवेश कटुवाल (हाल राष्ट्रिय टीमका सहायक प्रशिक्षक),एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ, एन्फाका पूर्व केन्द्रीय सदस्य जलकुमार गुरूङ,प्रशिक्षक भगिरथ आले आदि खेलाडीहरू राष्ट्रिय स्तरमा झापाले पाईसकेको छ ।

झापा गोल्डकप छैटौ संस्करणसम्म आईपुग्दा बेग्लै महसुस भएको छ । वर्तमान अध्यक्ष विनोद बस्नेत आफैमा सक्षम तथा सफल व्यवसायी हुनुहुन्छ । विभिन्न संघ संस्थामा आवद्ध भई सम्मानित तथा पुरस्कृत हुनु भएको छ । समाजको लागि केही राम्रो काम गरौ भन्ने विचार भएका विनोद बस्नेतले आज बिर्तामोड सजिएको देख्दा खेलको माध्यमबाट पनि काम गर्न सकिन्छ भन्ने उदाहरण देखाउनु भएको छ ।बिर्तामोड मुक्ति चोकदेखि बिर्ताबजारसम्म पोलपोलमा सिंगारिएको स्ट्रीट लाईटले झलमल्ल भएको छ। बेलुकीपख अति रमणीय देखिएको छ । मुक्ति चोक बिट वरिपरि मार्वल घोटेर चिल्लो पारिएको छ । मुक्ति चोकको शालिक स्तम्भ रंगरोकन गरिएर सफा चिटिक्क पारिएको छ ।अन्धुवा पुलदेखि पूर्व र हिकोला होटल पश्चिम बाटोमाथि लुङ्ता झुन्ड्याइएकाले आकर्षक देखिएको छ ।बाटो सरसफाई गरिएको छ ।दर्शक बस्ने प्याराफिट दर्बिलो बनाएको छ । रंगशालाको वरिपरि सीसी क्यामरा जडान गरिएको छ ।टिकट काउन्टर व्यवस्थित गरिएको छ ।दर्शकहरूलाई युरियन गर्न व्यवस्थित गरिएको छ ।छैटौ गोल्डकपको लागत एक करोड चालीस लाख रुपैयाँ अनुमान गरिएको छ। यस्तो आर्थिक मन्दीका बावजुद सदस्य नवीकरण गर्नु , नयाँ सदस्य बन्नु तथा मनकारी मनहरू , दानवीरहरू र प्रायोजकहरू आउनु नै झापा गोल्डकप सफल भएको बुझ्नु पर्दछ ।फुटबल खेलमा सानो–ठूलो ,गरिब– धनी हुँदैन ,सबै बराबर र समान हुन्छन् । अन्त्यमा ,अध्यक्ष विनोद बस्नेतको सानो अपिल राख्न चाहन्छु ।

‘ जिम्मेवार र संस्कारयुक्त झापालीको परिचय दिऔं ।हामी ऐतिहासिक झापा गोल्डकपको छैटौं संस्करण शुभारम्भको पूर्वसन्ध्यामा छौं । तपाईं हाम्रो शान, पहिचान र गौरव झापा गोल्डकप व्यवस्थित र भब्यरुपमा सम्पन्न गर्ने जिम्मेवारी तपाईं हाम्रै काँधमा आएको छ । यो ऐतिहासिक जिम्मेवारी बहन गर्दै झापा गोल्डकपलाई अनुशासित, मर्यादित र उत्कृष्ट बनाउन अध्यक्षको हैसियतले तपाईं सम्पूर्णमा हार्दिक अपिल गर्दछु । यस क्षेत्रको फुटबलको कुम्भमेला सम्पन्न गर्ने प्रक्रिया अघि बढाउने सिलसिलामा हामी विभिन्न जिम्मेवारीमा रहेपनि आम झापाबासी नै यस प्रतियोगिताको आयोजक हुनुहुन्छ । तसर्थ झापा गोल्डकपप्रति अपनत्व ग्रहण गरेर आफ्नो गहन भूमिका निर्वाह गरिदिनु हुन यहाँ पाल्नुहुने देशविदेशका पाहुनाहरुको हार्दिकतापूर्वक स्वागत गरिदिनु हुन अनुरोध गर्दछु । साथै तपाईं स–परिवार गोल्डकप हेर्न पाल्नुहुन हार्दिक निमन्त्रणा गर्दछौं । एक पटक डोमालाल राजवंशी रंगशाला आइदिनुहोस् अहोरात्रको खटाइपछि हामीले रंगशालालाई आकर्षक र हराभरा बनाएका छौं । हामी र सिङ्गो रंगशाला तपाईंहरुको प्रतिक्षामा छौं । आउनुहोस् है !’

अध्यक्षले अपिल गर्नु भएको झापाबासीहरूलाई तर, बिशेष रूपमा बिर्तामोडबासीहरूले झापा गोल्डकपलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरी उत्कृष्ट र अब्बल बनाउनु पर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्