झापा,फागुन १९ । लायन्स क्लब अफ बिर्तामोड लेडीले रतुवामाई – १० स्थित देवीस्थान दुर्गा मन्दिरमा रंगरोकन गरेको छ ।

मन्दिरमा करिव ७० हजार बराबरको रंग लगाउने कार्य गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले जानकारी दिइन् ।
‘संस्कार, संस्कृति र धर्मको सदैव पालना र जगेर्ना गर्नुपर्छ’ भन्दै आयोजित कलर रिनोभेसन प्रोग्रामको प्रायोजन फस्ट भाइस प्रेसिडेन्ट इन्दिरा प्रसाई खरेलले गरेकी थिइन् । लायन्स ३२५ ‘सी’का क्याबिनेट सेक्रेटरी लिला चिमरियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा अध्यक्ष आशिष कार्की , लायन्स लिडरहरु, मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष, गोपेश्वर बाबा धामका सचिव रामु घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

हिजो नै लायन्स क्लब अफ बिर्तामोड लेडीले गोपेश्वर मन्दिरमा लायन्सको लोगो अंकित पोडियम हस्तान्तरण गरेको छ । संस्थाले सो मन्दिरलाई गत असोज २७ गते ३ घुर जग्गा बराबरको ९० हजार रकम प्रदान गरेको अध्यक्ष ओलीले बताइन् ।