झापा, फागुन १९ । विभागीय टिम त्रिभुवन आर्मी क्लब पाँचथर गोल्डकपको उपाधि विजेता बनेको छ ।

शनिबार साँझ सम्पन्न फाइनल खेलमा आयोजक पाँचथर क्लबलाई ४–२ गोल अन्तरले हराउँदै आर्मीले पाँचथर गोल्डकपको उपाधि जितेको हो ।

प्रतियोगितामा आर्मीका दिप लामाले २ गोल गरे भने पदम तामाङ र सन्तोष केसीले १–१ गोल गरे ।
यस्तै आयोजक पाँचथर क्लबका आशीष चापागाईं र प्रशान्त लक्समले १–१ गोल गरे । उपाधिसँगै विजेता आर्मीले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँसंगै ट्रफी प्राप्त गर्याे भने उपविजेता आयोजक पाँचथर क्लबले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफीमा चित्त बुझायो ।

फाइनल खेलमा आर्मीका पदम तामाङ म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । आर्मीकै रुपेश क्षेत्री बेष्ट मिडफिल्डर, आदर्श मल्ल बेष्ट कोच, नविन परियार बेष्ट गोलकिप्पर, आयोजक पाँचथर क्लबका रोशन आङदेम्बे मेन अफ दि टुर्नामेन्ट र आयोजक टिमका मनिष क्षेत्रीले राइजिङ प्लेयरको उपाधिसहित पुरस्कार पाए ।

शनिबारको खेलमा सन्तोष मोक्तान सुट आउट हिरो र कुम्मायक ३ का नरेन्द्र सम्बाहाम्फे फ्यान अफ दि टुर्नामेन्टका रुपमा पुरस्कृत भए ।विजेता टिम र खेलाडीलाई प्रदेशसभा सांसद मैया श्रेष्ठ लावती, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, उपमेयर राधाकृष्ण न्यौपाने र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले पुरस्कार, ट्रफी र मेडल प्रदान गरेका थिए । फागुन १२ गते शुरु भएको चौथो संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका ८ टिम सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्