झापा, फागुन २० । होटलमा ब्राउनसुगर बिक्री गर्ने होटल संचालकसहित दुईजना पक्राउ परेका छन् ।

कमल गाउँपालिकाबाट प्रहरीले ब्राउनसुगरसहित दुईजना लागूऔषधका कारोबारीलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट ३८ ग्राम ब्राउनसुगर फेला परेको छ । हिजो साँझ ७.३० बजेको समयमा कमल ३ स्थित कृष्टिना होटलमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले छापा मारेको थियो । शंका लागेर होटलमा रहेका होटल साहु सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज थापा र शिवसताक्षी ६ बस्ने ३० वर्षीय बिष्णु खड्काको शरीर चेकजाँच गर्दा सरोज थापाको शरीरबाट प्लाष्टिकको पोकाभित्र ३८ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्