झापा, फागुन २० । आदिवासी जनजाति नेत्रहीन संघ झापाको दोस्रो वार्षिक साधारण सभा शिवसताक्षीको झिलझिलेमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता तथा किरात ओलुङ ओङ्सी मांगेना सेवा समिति माङ्सेबुङ ५ इलामका अध्यक्ष केहरसिंह योङहाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघका राष्ट्रिय अध्यक्ष इन्द्रप्रसाद शेर्मा , शिवसताक्षी १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , संस्थाका सल्लाहकार तथा सताक्षी साप्ताहिकका सम्पादक सेलिङ केसी , नेत्रहीन संघ बिर्तामोडका अध्यक्ष होमनाथ राजवंशी , सताक्षी दर्शनका नारायण शिवाकोटी ,लाक्पा लिम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि योङहाङले झापाली आदिवासी जनजाति नेत्रहीन सहारा अक्षयकोषका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । नेत्रहीनहरुको शिक्षामा सहयोग गर्ने उद्धेश्यले संस्थाले २०६७ सालमा सो अक्षयकोष स्थापना गरेको थियो । कोषमा अढाई लाख रुपैयाँ जम्मा भइसकेको र थप एक लाख दाताले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष तामाङले जानकारी दिए । कार्यक्रममा दृष्टिविहीनहरु मन्जु लामा , पिन्की गनगाई र अर्जुन महरालाई कपडा वितरण गरिएको थियो । उपाध्यक्ष युवराज शेर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन अनिल मुखियाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्