भद्रपुर, फागुन २० । भद्रपुर नगरपालिका वडा न. ७ का पूर्व वडाध्यक्ष बिनोद पोख्रेलको ७२ वर्षको उमेरमा निधन भएको छ ।

उनको उपचारको क्रममा आज साँझ ७.३० बजे काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।मिर्गौलाको समस्याबाट पीडित उनले लामो समयदेखि नियमित डायलाइसिस गराइरहेका थिए । डायलाइसिस गराउनेक्रममा उनको निधन भएको जनाइएको छ । उनका श्रीमती ,दुई छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्