झापा,फागुन २१ । माओवादीले नुवाकोट–१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन् । कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेको हो ।
त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी पनि मन्त्री बन्न लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।
गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले यही ल्होछारमा टुँडिखेलमा तामाङ समुदायबाट एक जना मन्त्री बनाउने वाचासमेत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्