झापा,फागुन २१ । गायिका अञ्जु पन्त र गायक प्रवीण बेडवालको स्वरमा रहेको ‘बढ्दै छ’ बोलको को गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ ।

टाढा भएको प्रेमीप्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लेन र पवित्रा सकी ‘मिस पबी’ देखिएका छन् । भिडियोमा लेन र मिस पबीलाई प्रेमिल भावमा देखाइएको छ । माधव शर्माको निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको छ । द डिभाइन म्युजिकबाट सार्वजनिक भएको भिडियोका निर्माता प्रकाश घिसिङ हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्