बिर्तामोड , फागुन २१ । वर्ल्डलिंक कम्युनिकेसन्स लि. बिर्तामोडले अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

बढ्दो सामाजिक सञ्जालको बिकृति तथा साइबर अपराधलाई मध्यनजर गर्दै वर्ल्डलिंकले विद्यालयहरूसँगको सहकार्यमा सो सचेतनामुलक कार्यक्रम गरेको हो । उक्त कार्यक्रम बिर्तामोड नगरपालिका २ स्थित वीर अमरसिंह प्राविधिक विद्यालय र बिर्तामोड ५ स्थित कन्काई बोर्डिङ अंग्रेजी हाईस्कूलमा गरिएको बिर्तामोड शाखा प्रमुख प्रेम घिमिरेले बताए ।

कार्यक्रममा दुवै विद्यालयका कक्षा ७,८र ९ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा इन्टरनेटबाट हुने अपराध , अपराधबाट जोगिने उपाय र इन्टरनेटको सही सदुपयोगलगायतका विषयमा वर्ल्डलिंक कम्युनिकेसन्स लि.का कर्मचारीहरुले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्