झापा,फागुन २१ । बिर्तामोड खेलकुद महोत्सवअन्तर्गत क्विज प्रतियोगिताका लागि अन्तिम चरणको छनोट प्रक्रिया सम्पन्न भएको छ ।


आज १२ वटाबाट ४ वटा विद्यालय अन्तिम चरणको लागि छनोट गरिएको प्रतियोगिताका सह–संयोजक विशाल अग्रवालले जानकारी दिए । छनोट भएका विद्यालयहरुमा कन्चनजंघा अंग्रेजी माध्यमिक विद्यालय, मोहनमाया माध्यमिक विद्यालय, सरस्वती एन्जल र फनमिन नवोदय रहेका छन् ।

वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यतामा भएको छनोट कार्यक्रममा न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देन, वडा नम्बर ५का वडा खेलकुद समिति संयोजक रोजित गुरुङ, सचिब भुपेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा संचालन भईरहेको ‘बिर्तामोड खेलकुद महोत्सव’अन्तर्गत क्विज प्रतियोगिताका लागि २० वटा विद्यालयबाट ३६ जना विद्यार्थी छनोट भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्