झापा,फागुन २२ । कोरिया भाषा परीक्षाका लागि माग भएभन्दा झण्डै १० गुणाभन्दा बढी कामदारको आवेदन परेपछि आगामी वर्षदेखि माग भएको तीन गुणा मात्र आवेदन भर्ने व्यवस्था गर्न आग्रह गरेको छ । साथै यसवर्षको कोरिया भाषा परीक्षा छिटो सक्न आग्रह समेत गरेको छ ।

यस वर्ष धेरैको आवेदन पर्दा उत्पादन बाहेकका कामदार लैजान नसक्ने भन्दै आगामी वर्षदेखि आवेदनलाई सिमित गर्नका लागि उसले आग्रह गरेको हो ।

यस वर्ष उत्पादनमूलदक क्षेत्रका लागि आवेदन दिएकाहरुको परीक्षा सक्नै एक वर्ष लाग्ने भएकाले अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई पत्र पठाएको छ ।

इयिएस प्रणालीबाट विदेशी कामदार लैजाने प्रक्रिया हेर्ने एचआरडी कोरियाका अध्यक्षले पठाएको पत्र मङ्गलबार मात्र नेपालले प्राप्त गरेको छ ।

ग्वार्कोस्थित इपिएस कोरिया शाखाका प्रमुख मैया कँडेलका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै लिन नसकिने भएका कारण ती क्षेत्रहरुमा अन्य देशहरुबाट नै कामदार लैजाने कोरियाले उक्त पत्रमार्फत नै जानकारी गराएको छ ।यसअघि नै परीक्षा र सीप उत्तीर्ण गरेर रोस्टममा रहेकाहरुलाई यो व्यवस्थाले कुनै असर नगर्ने कँडेल बताउछिन् ।

उनका अनुसार उत्पादनमूलक क्षेत्रमा जानका लागि एक लाख ६३ हजार परीक्षार्थीको परीक्षा सक्न आगामी वर्षको पुस २ गतेसम्म लाग्ने भएको छ ।

प्रमुख कँडेलका अनुसार यस वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन क्षेत्रबाट १५ हजार ९०० जनामात्र कामदार लाने व्यवस्था गरेको छ ।

नेपालबाट लैजानेभन्दा १० प्रतिशत बढीको आवेदन परेपछि परीक्षा सक्न एक वर्ष लाग्ने देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्