झापा,फागुन २१ । झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१६ दरैयाबाट बिराटनगर–१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो ।

त्यसैगरी अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ को एक घरबाट सन्दकपुर गाउँपालिका–४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ बर्षीया बबिता गुरुङ, इलाम नगरपालिका–२ की २० बर्षीया पुर्णिमा गुरुङ र स्थानीय २१ बर्षीय मनिष लिम्बूलाई १२ ग्राम ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर र ९ हजार आठ सय पचास नगद सहित पक्राउ गरेको हो ।
त्यस्तै कमल गाउँपालिका–३ का २० बर्षीय मौषम किस्कु ७२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्