बिर्तामोड, फागुन २२ । सशस्त्र प्रहरी बल नेपालको विभागीय फुटबल टिम एपीएफ क्लबलाई जरिवाना गरिएको छ ।

छैटौँ झापा गोल्डकपमा एपीएफले खेलको नियम उल्लंघन गरेको भन्दै झापा गोल्डकपले जरिवाना गर्ने निर्णय गरेको हो।

एपीएफले झापा गोल्डकपको तेस्रो दिन भएको खेलमा प्रतियोगिताको नियमावली १० को प्रावधान बमोजिम खेलाडीको जर्सी तथा जर्सीको रंगसम्बन्धी नियम उल्लंघन गरी खेल खेलेको र जसका कारण फुटबल खेलको मर्यादा तथा झापा गोल्डकपको गरिमामा आँच पुगेको भन्दै जरिवाना गर्ने निर्णय गरेको जनाएको छ। प्रतियोगिता नियमावलीको दफा २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपीएफलाई कारबाही गरिएको झापा गोल्डकपले जनाएको छ।

नगद जरिवानासँगै एपीएफलाई भविष्यमा यस्तो गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता समेत माग गर्ने झापा गोल्डकपले निर्णय गरेको अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए । बिर्ताबजारको डोमालाल राजवंशी रङ्गशालामा सोमबार भएको बागमती युवा क्लबसँगको खेलमा एपीएफले जर्सी अभावमा मार्करले लेखेर खेल खेलेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्