झापा, फागुन २३ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ।


६ पुरुष र एक महिला गरी सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको उनले बताए।‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ’, प्रहरी उपरीक्षक केसीले भने।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरेका थिए । कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो।
बसचालक रूपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्