झापा, फागुन २३ । सप्तरीमा एक सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ । बुधबार भर्‍याङबाट लडेर सर्लाही जिल्लाको बलरा नगरपालिका १० सिंह टोल घर भई इलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत ३३ वर्षीय सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंहको मृत्यु भएको हो ।

भर्‍याङबाट लडेर घाइते भएका सिंहको बुधबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साईनलाई उद्धृत गर्दै सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

घाइते सिंहलाई उपचारका लागि स्थानीय जीवन ज्योति हस्पिटलमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै छिन्नमस्ता हस्पिटल राजविराज पठाइएको थियो । तर हस्पिटलले सिंहलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

मृतक सहायक प्रहरी हवलदारको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र पोस्टमार्टम गरेपछि आफन्तलाई जिम्मा लगाउने प्रवक्ता न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्