झापा,फागुन २३ । सुनसरीको चारकोशे जंगलबाट सखुवाको काठ तस्करी गरेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । जिल्ला वन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिको ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनोज तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामङलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला वन डिभिजन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले बताए । तामाङविरुद्ध वन ऐन २०७६ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत सुनसरीबाट म्याद थालिएको उनले बताए । तामाङसहित अन्य तीनजनाले सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट बहुमूल्य सखुवाको रुख काटेर काठ तस्करी गरेको वन कार्यालयको दाबी छ ।

वन कार्यालयले ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष टेकबहादुर बस्नेत,उपभोक्ता समिति सदस्य एवं वन हेरालु आशिष तामाङ र वन हेरालु पेम्बा तामाङलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिइएको छ । उनीहरू हाल फरार रहेकाले खोजी भइरहेको यादवले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्