झापा,फागुन २५ । आराध्यदेव भगवान् शिवको पूजाआराधना गर्दै शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ।

मुलुकभरका सबै शिव मन्दिरमा मनाइने यो पर्व काठमाडौंस्थित पाशुपत क्षेत्रमा धुमधामका साथ मनाइँदै आएको छ।
महाशिवरात्रि भगवान् शिव अर्थात् पशुपतिनाथको आराधनाको प्रमुख दिन हो। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजु खत्रीका अनुसार यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बेलपत्र र फूलबाट विशेष किसिमको बात्ती बनाएर बालिँदै छ।

‘बेलपत्र र फूलबाट बनाइएका बात्ती बाटेर १४ फिट अग्ला १० वटा बनाइएका छन्, जुन मन्दिरको पश्चिम ढोकामा निरन्तर १२ घण्टा बालिनेछन्’, उनले भने, ‘बागमती नदीमा २२ गतेदेखि २७ गतेसम्म १८ करोड ५० लाख लिटर पानी भष्मेश्वरसम्म ड्याम बनाएर छोडिएको छ।’ उनका अनुसार, दर्शनार्थीको सहजताका लागि पाँचवटा र्याम्प थपेर नौवटा बनाइएको छ। हालसम्म ५ सय नागाबाबा र झन्डै २५ सय साधुसन्त पशुपतिमा पुगिसकेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्