झापा,फागुन २५ । ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना झापाको गौरादहमा पक्राउ परेका छन् ।

हिजो साँझ ७ बजेको समयमा गौरादह नगरपालिका वडा नं. ५ मा स्कुलचौन बजारबाट डोरामारीतर्फ जाँदै गरेको मे.६ प ४७८० नं.को मोटरसाइकललाई प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकल चालक गौरादह ४ बस्ने २२ वर्षीय निरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर र नगद ८ हजार फेला परेको थियो ।

मोटरसाइकलसहित खत्रीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्