कन्काई, फागुन २५ । आर्य समाजका संस्थापक दयानन्द सरस्वतीको २०० औं जन्म जयन्ती तथा शिवरात्री पर्वको अवसर पारेर झापाको सुरूङ्गामा दुई दिने श्रीमद् यजुर्वेद व्रह्मपारायण सुरू गरिएको छ ।


आर्य समाज झापाको आयोजनामा कनकाई ४ माइधार सुरूङ्गामा विश्व शान्ति महायज्ञ ज्ञानज्योति पर्वका रूपमा दुई दिने पारायण सुरू गरिएको हो ।

पारायण नेपाल आर्य समाजका पूर्व अध्यक्ष आचार्य कमलकान्त आत्रेयको प्रमुख वाचकत्व तथा आर्य समाजका अग्रज व्यक्तित्व धर्मप्रसाद सुवेदीको प्रमुख यजमानत्वमा यज्ञशाला सञ्चालित रहेको छ ।
यज्ञशालामा आचार्य पण्डित टिकाराम शास्त्री, चिन्तामणि उप्रेती, पिताम्वर शर्मा, शम्भुप्रसाद सुवेदीले यजुर्वेदको पाठ पारायण गरिरहेका छन् भने सञ्चारकर्मी प्रकाश सुवेदीको पनि यज्ञशालामा पाठ पारायणमा सहभागिता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्