झापा,फागुन २५ । झापाको धरमपुरमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज साँझ ५ बजे शिवसताक्षी १ धरमपुरस्थित पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नं को बसले विपरित दिशाबाट जाँदै गरेको मे १० प ७७५८ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी ११ बस्ने ३२ वर्षीय राहुल थापा मगर घाइते भएकोमा घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बस तथा बस तथा बस चालक बुद्धशान्ति ४ बस्ने ५१ वर्षीय हेमबहादुर बिकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्